आश्विन १५ गते, २०७९  /  October 1st, 2022

तिरुपति साहित्य सम्मान-२०७४ सम्पन्न

तिरुपति साहित्य सम्मान-२०७४ सम्पन्न

19489581_1450700248322362_743282765_n

तिरुपति ईंग्लिश बोर्डिङ्ग हाई स्कुलले आज आदिकवि भानुभक्त आचार्याको जन्म जयन्तिको उपलक्ष्यमा एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा आफ्नो बहुमुल्य योगदान पुर्याउनु हुने श्रस्ठाहरुलाई सम्मान गरेको छ। बिगत लामो समय देखि साहित्य र पत्रकारिता क्षेत्रमा कम्मर कसेर लागि परेका लेखक एवम् पत्रकार दामोदर न्यौपानेलाइ यस वर्षको तिरुपति साहित्य सम्मान-२०७४ द्वारा सम्मानीत गरियो भने लामो समय देखि नै पत्रकारिता साथै समाज सेवामा होम्मी रहनु भएका बरिस्ठ पत्रकार रामकला खड्कालाई तिरुपति पत्रकारिता सम्मान-२०७४ बाट सम्मानित गरियो। दुवै सम्मानित व्यक्तित्वहरु सम्मान भने नेपाली रास्ट्रिय गानका रचनाकार ब्याकुल माईलाले गर्नु भएको थियो। कार्यक्रममा उक्त बिधालयका बिद्यार्थी भाई बहिनीहरुको कविता लेखन र वाचन प्रतियोगिता पनि रहेको थियो र उक्त प्रतियोगितामा जुनियर तर्फ बाट कक्षा पाँचका मन्जित खड्का प्रथम, कक्षा छका सुष्मा श्रेष्ठ दोस्रो र कक्षा सातका राधिका नेपाल तेस्रो भएका थिए। यसरी नै सिनियर तर्फ कक्षा आठका सलिना गौतम प्रथम, कक्षा दशका सिधार्था श्रेष्ठ दोस्रो र कक्षा आठका नमुना केसी तेस्रो भएका थिए। बिजेता भाईबहिनीहरुलाई नेपाली रास्ट्रिय गानका रचनाकार ब्याकुल माईलालेनै पुरस्कार बितरण गर्नु भएको थियो।

July 13, 2017 Published

Comments:

Related Articles and gossip :
Top