आश्विन १६ गते, २०७९  /  October 2nd, 2022

प्रकाशको निधनमा भारतीय विदेश मन्त्रीदेखि पूर्व राजाका प्रमुख सचिवसम्मले दिए श्रद्धान्जली

प्रकाशको निधनमा भारतीय विदेश मन्त्रीदेखि पूर्व राजाका प्रमुख सचिवसम्मले दिए श्रद्धान्जली

काठमाडौं, मंसिर ३ – माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा माओवादीका पोलिटब्यूरो सदस्य प्रकाश दाहालको आइतबार विहान हृदयघातबाट निधन भएको छ ।

प्रकाशको असामयिक निधनपछि चुनावी कार्यक्रममा झापामा रहनुभएका प्रचण्ड बिहानै काठमाडौं फर्कनुभएको छ । त्यस्तै चुनावी कार्यक्रममा जिल्लामा रहेका विभिन्न दलका नेताहरु पनि काठमाडौं चुनावी कार्यक्रम स्थगित गरेर काठमाडौं फर्केका छन् । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पनि गोरखामा आफ्नो चुनावी कार्यक्रम स्थगन गरेर काठमाडौं फर्कनु भएको छ ।

पछिल्लो समय प्रकाश दाहालले प्रचण्डको स्वकीय सचिव मात्रै भएर होइन, प्रचण्ड तथा पार्टीका चुनावी कार्यक्रमहरुको सामाजिक सञ्जालमा अपडेट गराउने लगायत सञ्चारमाध्यमलाई जानकारी गराउने कार्य गर्नुहुन्थ्यो ।

प्रकाशको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेरै दाहाल परिवारलाई समवेदना दिनुभएको छ । उपराष्ट्रपति नन्दवहादुर पुन माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पुगेर समवेदना दिनुभएको छ ।त्यस्तै प्रधानमन्त्री शेरबहादर देउवाले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल तथा माधवकुमार नेपाल माओवादी केन्द्रको पार्टी कार्यालय पुगेरै प्रकाशको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्यस्तै चुनावी कार्यक्रममै झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं फर्कनुअघि प्रचण्डलाई झापामै भेट्नुभएको थियो । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पनि पार्टी कार्यालयमै पुगेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्रका सचिव पशुपतिभक्त महर्जनले पनि श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रकाशको पार्थीव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न माओवादीका नेता कार्यकर्ता तथा विभिन्न दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाशको निधनमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले ट्वीटरमार्फत दाहाल परीवारलाई समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापालेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसम्मले सामाजिक सञ्जालमा स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुको साथै शोकसन्तप्त दाहाल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

 

November 19, 2017 Published

Comments:

Related Articles and gossip :
Top